सुदूरपश्चिममा चार बर्ष नपुग्दै १८ पटक मन्त्रीमण्डल हेरफेर

१४ साउन, डोटी । सुदूरपश्चिम प्रदेश सरकार फेरी फेरबदल हुने लक्षण देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डबीच प्रदेश सरकार गठनको बिषयमा भएको सहमति अनुसार मुख्यमन्त्री कमलवहादुर शाह नेतृत्वको सरकार फेरिने देखिएको छ ।
बिगत दुई बर्षदेखि प्रदेशमा सत्ता साझेदारी गरिरहेका कांग्रेस–एमालेबीच खटपट सुरु भएपछि देशैभरी राजनीतिक समिकरण फेरिने भएको छ । चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रमको बिषयले सुदूरपश्चिममा पनि मतभेद बढेको थियो । प्रदेश सभामा पेश भएको बजेट पुनर्लेखन गर्नु पर्ने अडानबाट एमाले पछि नहटेपछि गत असार ३१ गते मुख्यमन्त्री कमलवहादुर शाहले एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई बरखास्त गरेका थिए । त्यसपछि सोही दिन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि शाह अल्पमतमा परेका छन् ।
गत जेठ २५ गते बर्तमान मुख्यमन्त्री कमलवहादुर शाहले पाँच जना मन्त्री हेरफेर गरेका थिए । त्यसअघि कांग्रेसबाट मन्त्री बनेका बहादुर सिंह थापा, मेघराज खड्का, शिवराज भट्ट, प्रकाश वहादुर बम र राज्यमन्त्री सरस्वती खड्कालाई हटाई बिक्रम धामी, बेलवहादुर रानामगर, मानवहादुर रावल, मधुदेवी भारती र जुना कुमारी दानीलाई मन्त्री वनाएका थिए ।
२०७९ साल मंसिर ७ गते सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि माओवादी र नागरिक उन्मुक्ती पार्टीको समर्थन जुटाएर एमाले प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रबहादुर रावल पुष २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मुख्यमन्त्री हुँदा माओवादीका खगराज भट्ट र एमालेका सन्तोष कुमारी शर्मा थापालाई मन्त्री वनाएका थिए । तर, पछि नागरिक उन्मुक्ती पार्टीमा आएको बिवादका कारण रावलले प्रदेश सभामा बिश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनु प¥यो ।

कमल शाह : पहिलो पटक मुख्यन्त्री हुँदा सात पटक मन्त्रीमण्डल हेरफेर
एमाले नेता रावलले बिश्वासको मत पाउन नसकेपछि २०७९ साल माघ २७ गते कांग्रेस संसदीय दलका नेता कमलवहादुर शाह पहिलो पटक मुख्यमन्त्री भएका थिए । उनले मुख्यमन्त्री भएकै दिन कांग्रेसका प्रकाश बहादुर देउवा र एकिकृत समाजवादीका नरेश कुमार शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।
२०८० साल जेठ ६ गते शाहले आफ्नो मन्त्रीमण्डल बिस्तार गरे । जसमा कांग्रेसबाट पृथ्वीवहादुर सिंह, माओवादीबाट झपटवहादुर साउँद, रमेश सिंह धामी र गितादेवी माललाई मन्त्री वनाए । मन्त्री सिंहको सोही असार ५ गते गाडी दुर्घटनामा परी मृत्यु भयो ।
सोही साउन १७ गते मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री वनाए । मृतक सिंहको ठाउँमा कांग्रेसका शिवराज भट्ट मन्त्री नियुक्त भए । माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि शाहले फागुन २२ गते फेरी मन्त्रीको जिम्मेवारी हेरफेर गरे । सोही २४ गते एकिकृत समाजवादीका नरेश कुमार शाहीले पनि पद छोड्दा फेरी जिम्मेवारी हेरफेर गर्नु प¥यो ।
सोही २८ गते नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी, खुशीराम डगौरा थारु र इन्दिरा गिरीलाई मन्त्री नियुक्त गरे र चैत्र १५ गते मन्त्रीहरको जिम्मेवारी हेरफेर गरे ।
केन्द्रमा सत्ता समिकरण फेरिएपछि शाहले जति गर्दा पनि आफ्नो पद जोगाउन सकेनन् ।

Sayalb

सोडारीको पालामा पाँच पटक मन्त्रीमण्डल हेरफेर
कांग्रेस नेता शाहपछि मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता दिर्घबहादुर सोडारी नियुक्त भए । उनलाई एमाले र माओवादीले साथ थियो । जम्माजम्मी तीन महिना १५ दिन मुख्यमन्त्री बनेका सोडारीले आफ्नो कार्यकालमा पाँच पटक मन्त्रीमण्डल हेरफेर गरे ।
२०८१ साल बेशाख ६ गते मुख्यमन्त्री नियुक्त भएकै दिन उनले नागरिक उन्मुक्ती पार्टीका कैलाश कुमार चौधरीलाई मन्त्री नियुक्त गरेका थिए । सोही १८ गते उनले नाउपाकै टिका थापालाई मन्त्री नियुक्त गरे । सोही जेठ २८ गते सोडारीले एमाले र माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराए । उनको मन्त्रीमण्डलमा माओवादीबाट अक्कलवहादुर रावल, लक्ष्मी बिक, ओम बिक्रम भाट, एमालेबाट, हिरा सार्की र एकिृकत समाजवादी बाट माया पन्त मन्त्री भए ।
असार ३० गते एमालेबाट सरकारमा सहभागीहरुले राजीनामा दिएपछि सोडारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरे । सोही साउन १० गते उनले फेरी मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरे । साउन १३ गते मन्त्री टिका थापालाई पदमुक्त गरे ।

शाहको पुनरागमन : ६ पटक मन्त्रीमण्डल हेरफेर
२०८१ साल साउन २१ गते कांग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्रीका रुपमा दोश्रो पटक ईन्ट्री गरे । शाहले सोही दिन आफ्नो मन्त्रीमण्डलमा तीन राज्यमन्त्री सहित नौ मन्त्री नियुक्त गरेका थिए ।
उनको मन्त्रीमण्डलमा कांग्रेसबाट बहादुर सिंह थापा, मेघराज खड्का, प्रकाश बम र सरस्वती खड्का सहभागी थिए । एमालेबाट सुरेन्द्र पाल, हिरा सार्की, बिरवहादुर थापा र निर्मलादेवी साउँद मन्त्री भएका थिए । यस्तै, साविक नागरिक उन्मुक्ती पार्टीबाट लक्ष्मणकिशोर चौधरी मन्त्री भएका थिए ।
मुख्यमन्त्री भएयता शाहले दुई बर्ष नपुग्दै ६ पटक मुख्यमन्त्री हेरफेर गरेका छन् । २०८१ साल चैत्र १६ गते मन्त्री लक्ष्मणकिशोर चौधरीले राजिनामा दिएपछि उनले सम्हालेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफुसंगै राख्ने गरी शाहले चैत्र १७ गते पहिलो पटक हेरफेर गरे । २०८२ साल जेठ ४ गते नागरिक उन्मुक्ती पार्टीकै रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गर्दै शाहले दोश्रो पटक मन्त्री हेरफेर गरे ।
सोही असार १९ गते शाहले मन्त्री चौधरीलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मा फेरी आफैले लिए । गत चैत्र २३ गते शाहले कांग्रेसका शिवराज भट्टलाई मन्त्री नियुक्त गर्दै चौथो पटक मन्त्रीमण्डल हेरफेर गरेका थिए । मुख्यमन्त्री शाहले यस अवधीमा १६ जनालाई मन्त्री वनाईसकेका छन् ।
प्रदेश सभाका ५३ सदस्यमध्ये हालसम्म तीन जना मुख्यमन्त्री र ३३ जना मन्त्री भईसकेका छन् ।

Shaileshwori
Loading...