रामारोसन क्षेत्रमा क्रिकेट प्रतियोगिता हुने

Sayalb

९ कात्तिक, डाटी । अछाम रामारोशन पर्यटकीय क्षेत्रमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
रामारोसन क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका किनिमिनि पाटनमा क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । दीपावली र छठ पर्वको अवसर पारी रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबले ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगिता कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए ।
अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको अध्यक्ष बोहरा वताउँछन् । उनका अनुसार बिजेता टिमलाई मेडल प्रमाणपत्र सहित दुई लाख र उप बिजेता टिमलाई मेडल प्रमाणपत्रसहित एक लाख प्रदान गरिनेछ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन् ।
क्रिकेट प्रतियोगिता उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन आयोजक संस्थाले जानकारी दिएको छ । खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो ।
खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समिति लगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम सङ्कलन भइरहेको क्ल्बले जनाएको छ ।रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ । त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरुको पहिलो रोजाइको गन्तव्य रामारोशन हो ।

Shaileshwori
Bolpatra
Loading...