समुदायमा कोरोना फैलिएपछी सिलगढी बजार लगडाउन

Sayalb

डोटीको सदरमुकाम सिलगढी बजार बुधबार राती १२ बजेबाट लगडाउन हुने भएको छ । जिल्ला सदरमुकाम समेत रहेको वडा नं. ६ सिलगढीमा लगडाउन हुने भएको छ ।
सिलगढीमा कारोना भाईरस कोभिड–१९ समुदाय स्तरमा देखिन थाले पछि लगडाउन गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय डोटी, दिपायल सिलगढी नगरपालिका र दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ को वडा कार्यालयको सयुक्त रुपमा बसेको बैठकले बुधबार राति १२ बजे देखी कार्तिक ३ गते राति १२ बजे सम्मका लागी सिलगढीमा लगडाउन गर्ने निर्णय गरेको वडा अध्यक्ष सन्तोश बोहराले बताए ।
लगडाउन अवधिभर वडामा अति आवश्यक बाहेकका सबै सेवा तथा कार्यहरु बन्द रहने पनि अध्यक्ष बोहराले बताए । आज मात्रै दिपायल सिलगढी नगरपालिका ६ मा दश ब्यक्तीमा कोरोना संक्रमण देखिएको छ । यो भन्दा पहिले नगरपालिकाकै नाचन्थली टोल र मल्लो कलेना सिल गरिएको थियो ।

Shaileshwori
Loading...