अध्यक्ष विष्टलाई थप उपचारका लागी धनगढी रेफर

Sayalb

बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टलाई धनगढी रेफर गरिएको छ । बुधबार साझ स्थानीयको कुटपिटमा परी घाइते भएका अध्यक्ष विष्टलाई थप उपचारका लागी धनगढी रेफर गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए । अध्यक्ष विष्टको टाउकोमा चोट लागेको छ । सुर्नया गाउँपालिकाको केन्द्र सार्न नहुने माग गर्दै आन्दोलित स्थानीयको कुटपिटमा परी गाँउपालिका अध्यक्ष विष्ट र पाँच प्रहरी सहित ११ जना घाईते भएका थिए । केन्द्र सार्न नहुने भन्दै गाउँपालिकाको कार्यालयमा ताालबन्दी गरेका स्थानीयले ताला खोल्न गएको भन्दै बुधबार कुटपिट गरेको थिए ।

Shaileshwori
Loading...