नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय, २० करोड डलर ऋण लिने

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेले पदबहाली गर्दै पहिलो निर्णयमा हस्ताक्षर गरेका छन । बुधबार नियुक्त भएका पौडेलले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

पदबहालीका क्रममा उनले पहिलो हस्ताक्षर विश्व बैंकबाट २० करोड डलर ऋण लिने निर्णयमा गरे । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । उक्त ऋण कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाममा खर्च गरिने भएको छ । विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।
