डोटीका एक महिने बालिका सहित २६ जनामा कोरोना पुष्टि

डोटी– बिहीबार डोटीमा एक महिने बालिका सहित २६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालकोे प्रयोगशाला गरिएको परिक्षणमा डोटीका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ७२ पुगेको छ ।
आज दिपायल सिलगढी नगरपालिकाका १२ जना, जोरायल गाँउपालिकाका ९ जना र बोगटान फुड्सिल गाँउपालिकाका ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ३७ वर्षका एक पुरुष, वडा नम्वर ६ का २२, २२, ४७ वर्षीया तिन महिला, ६५, २३, २२, ३९, ३५, २६, २७ र ३३, वर्षका ८ पुरुष सहित १२ जना, बोगटान फुड्सिल गाँउपालिका वडा नम्वर ५ का ४२, २७ र ४२ वर्षका तिन जना पुरुष, एक महिनाकी एक बालिका र २० वर्षीया एक महिला गरि ५ जना र जोरायल गाँउपालिका वडा नम्वर १ का २८, २२, २५ वर्षका तिन पुरुष, २७ वर्षकी एक महिला र वडा नम्वर ५ का ३०, १९, २५, ५७ र ३५ वर्षका ५ पुरुष सहित नौ जनामा कोरोना पुष्टि भएको छ ।
आज कोरोना पुष्टि भएका ३ जनामा सामान्य लक्षण देखिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख दिपेन्द्र राज मिश्रले बताए ।
हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ८१ रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
