राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापालाई कोरोना पुष्टि
डोटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार (आज) साँझ एक ट्विट गर्दै अध्यक्ष थापाले आफुमा कोराना देखिएको जानकारी दिएका हुन् । कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइका कारण कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले ट्विटरमा लेखेका छन् । साथै केही दिन यता आफ्नो सम्पर्कमा आएकालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन् ।