विश्वका ३ करोड ९१ लाख ५८ हजार बढीमा कोरोना संक्रमण

डोटी- विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ३ करोड ९१ लाख ५८ हजार दुई सय ९ पुगेको छ । जम्मा संक्रमित मध्ये २ करोड ९३ लाख ७६ हजार दुई सय ६ जानले कोरोना जितेका छन भने ११ लाख दुई हजार ८ सय ४४ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएकोे छ ।

विश्वकै सबै भन्दा बढी कोरोनाको संक्रमण दर अमेरिकामा रहेको छ । वल्ड्रोमिटरका अनुसार त्यहा ८२ लाख १६ हजार तिन सय १५ जनामा कारोना संक्रमण देखिएको छ भने ५३ लाख २० हजार एक सय ३९ जनाले कोरोना जितेका छन । २ लाख २२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । २६ लाख ७३ हजार चार सय ५९ जना संक्रिय संक्रमित रहेका छन भने ति मध्ये १५ हजार दुई सय ७० जनाको अवस्था घम्भीर रहेको छ ।

Sagan sahari bhawan nirman aayojana

विश्वको कोरोना संक्रमण दरमा दोस्रो स्थानमा रहेको भारतमा ७३ लाख ६५ हजार पाँच सय नौँ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६४ लाख ४८ हजार ६ सय ५८ जनाले कारोना जितेका छन भने एक लाख १२ हजार एक सय ४६ जनाको ज्यान गएको छ । त्यहा ८ लाख चार हजार सात सय पाँच जना सक्रिय संक्रमित रहेका छन भने ति मध्येका ८ हजार नौँ सय ४४ जनाको अवस्था घम्भीर रहेको वल्ड्रोमिटरले जनाएकोे छ ।

त्यस्तै ब्राजिलमा ५१ लाख ७० हजार नौँ सय ९६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । जम्मा संक्रमित मध्ये ४५ लाख ९९ हजार चार सय ४६ जनाले कोरोनालाई जितेका छन भने १ लाख ५२ हजार पाँच सय १३ जनाको मुत्यु भएको छ ।

Shaileshwori
Loading...