कुटपिटबाट घाईते चौधरीको मृत्यु, घटनामा संलग्न बाबु छोरा प्रहरी नियन्त्रणमा

डोटी- कुटपिटबाट घाईते भएका दाङको राप्ती गाउँपालिका ३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ । कुखुरा चोरेको आरोपमा बिहीबार राति स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले मृतक चौधरीलाई कुटपिट गरेका थिए । लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएका चौधरीको रक्तश्रावका कारण बिहीबार राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

Sayalb

कुटपिट गर्ने बाबु छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...