शुक्रबार ४३९२ कोरोना संक्रमित जना थपिए, मृतको संख्या ७ सय नाघ्यो 

डोटी- देशभर आज चार हजार तिन सय ९२ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरीका विभिन्न प्रयोगशालामा १६ हजार पाँच सय ३१ जनाको पिसिआर परीक्षण गरिएकोमा चार हजार तिन सय ९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए । यो सगैँ देशभर संक्रमितको जम्मा संख्या एक लाख २१ हजार एक सय ३७ पुगेको छ ।

Sagan sahari bhawan nirman aayojana

आज देशभरका तिन हजार पाँच सय २२ संक्रमित कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा गौतमल बताए । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० जना रहेको छ । यो कुल संक्रमितको ६९.८ प्रतिशत हुन आउछ । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार तिन सय ८२ रहेकोे छ ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

Shaileshwori
Loading...