सुदूरपश्चिम प्रदेश सभा सदस्य भट्टलाई कोरोना संक्रमण पुष्टि

डोटी : बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसबारे उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका हुन् । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमित पुष्टि भएको हो ।

Sayalb

उनले फेसबुकमा लेखेका छन् “गतहप्ता केही सार्वजनिक कार्यक्रममा सहभागी भएपछि असोज २५ गतेदेखी होम क्वारेन्टाइनमा सुरक्षित बसेको थिए, हिजो नियमित जाँच संगै कोरोना चेक गर्दा पोजेटि देखायो ।” आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको, एक हप्ता पुर्व आफ्नो सम्पर्कमा आएकाहरुलाई रतर्क रहन र केही समस्या देखिएमा कोरोना परिक्षण गर्न उनले अनुरोध गरेका छन् ।

Shaileshwori
Loading...