आइपिएलमा आज दुई खेल हुदैँ, सन्दीपको सम्भावना कति ?

युएईमा जारी १३ औँ सिजनको आइपिएलमा आज दुई खेल हुँदै छन् । पहिलो खेल दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच हुँदैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

Sagan sahari bhawan nirman aayojana

दोस्रो खेल चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बिच हुने छ । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ । जारी सिजनमा दिल्लीले ८ म्याच खेल्दा ६ म्याचमा जित हासिल गर्दै १२ अंक जोडिसकेको छ । दिल्ली आज विजयी भएमा फेरि दोस्रोबाट शीर्ष स्थानमा उक्लिने छ ।
सन्दीपको सम्भावना कति ?
लगातार आठ म्याचमा बेन्चमा बसिररहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ–११ मा मौका पाउने सम्भावना न्यून छ । अघिल्लो म्याचमा राजस्थान रोयल्सलाई हराएर लयमा देखिएको दिल्लीले आजको खेलमा पनि प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कम छ । मौका पाएका खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले दिल्ली आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने मनसायमा छ ।
राजस्थानविरुद्ध विदेशी कोटाबाट मौका पाएका कागिसो रबाडा, एनरिक नोर्खिया, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई नै आज दिल्लीले प्लेइङ–११ मा समेट्ने पक्का जस्तै छ। आजको खेलमा ऋषभ पन्त उपलब्ध भए क्यारीले मौका नपाउने सम्भावना पनि छ।

यदि आज क्यारीले विश्राम पाएमा उनको स्थानमा बेन्चमा बसिरहेका शिमरोन हेटमायर, सन्दीप लामिछाने, डानियल साम्स र किमो पउलमध्ये एक जनाले मौका पाउन सक्छन्।

Shaileshwori
Loading...