साढे २२ किलो अवैध सुन बरामद
वीरगञ्जमा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको छ । दसैंको मौका छोपी अवैध तरिकाले लुकाई छिपाई ल्याएर भण्डारण गरी राखिएको ठाउँमा पर्सा प्रहरीले छापा मार्दा उक्त सुन बरामद भएको हो । यस बारेमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी नै रहे पनि पर्साको वीरगन्ज महानगरपालिका ५ मा रहेको ६ नं. गेट नजिकको गणेश अपार्टमेन्ट स्टोरमा छापा मारिएको स्थानीयले बताए ।
सुनचाँदी व्यवसायीहरूका अनुसार यो अपार्टमेन्ट राजु दारुकाको हुन सक्ने जनाइएको छ।
जम्मा कति परिणाम हो भन्नेबारे प्रहरीले नापतौल गरिरहेको छ । नीलो प्लाष्टिकमा प्याक गरिएको पहेँलो धातु (सुन) भारी मात्रामा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता मनोजित कुँवरले बताए । यसको विस्तृत विवरण बारे पर्सा प्रहरीले पत्रकार सम्मेलन नै गरी जानकारी दिने उनको भनाइ छ।