सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध

bhukampa

कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले सिलालेखमा आफ्नो नाम नराखेको भन्दै विरोध गरेकी छन् । मेयर ममताप्रसाद चौधरीले नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर प्रेम कुमारी थापाले सिलालेखमा ढुङ्गा बजार्दै विरोध गरेकी हुन ।
सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा सिलालेखमा ढुङ्गा बजारेको मेयर ममताप्रसाद चौधरीले बताए ।
उपमेयर थापाले पनि सिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकिय अधिकृतले वाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएकी छन् ।

Shaileshwori
Loading...