सुर्नया गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ


गाउँपालिकाको केन्द्रको विषयमा भएको विवाद लिएर गाँउपालिकाका अध्यक्ष माथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । बैतडी जिल्लाको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय अर्जुन मडै र भरत मडै रहेका छन् ।
