Before Header
After Navigation

दशैँ भत्ता नलिने नेकपाको निर्णय

Sagan sahari bhawan nirman aayojana

अहिले देश कोरोनासंग लडी रहेको छ । देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भईरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं भत्ता वापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले लिने दशैं खर्च वापदको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि नेकपाले उक्त निर्णय लिएको हो । यो भदा पहिले केही सांसदहरुले दशैं भत्ता वापतको रकम आफु नलिने भन्दै घोषणा गरेका थिए ।
त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दशैं भत्ता नलिने निर्णय नै गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

Shaileshwori
Loading...