सुन्दर प्रकृतीको काखमा बडीकेदार गाउँपालिकाको भबन (फोटो फिचर)

डोटीको बडीकेदार गाउँपालिकाको भबन निमार्ण सम्पन्न भएको छ ।
बिगत बर्षदेखी भाडाको घरबाट सञ्चालन हुँदै आएको बडीकेदार गाउँपालिकाले खड्यौलीमा सुन्दर ठाउँमा प्रिफ्याकको दश कोठा र एक हल सहितको भबन निर्माण कार्य सम्पन्न भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपकराज जैशीले बताए ।
बडीकेदार गाउँपालिकाको आफ्नै भबन निर्माण भएपछी कर्मचारीलाई काम गर्नमा केही सहजता हुने प्रमुख प्रशासकिय अधिकृत जैशीले बताए । उनले भने ‘ कर्मचारीको फाँटको समेत उपयुक्त प्रबन्ध थिएन अझै पनि प्रयाप्त त छैन नभएपनी धेरै हदसम्म राहत हुनेछ ।’
लगत्तै अर्को भबन निर्माणको तयारी भईरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । चन्दले भने ‘हामीले कार्यालयका लागी प्रयाप्त भबन निमार्ण गर्छौँ, अर्को भबन पनि तुरुन्तै बन्छ ।’
हिन्दुहरुको महानचाँड बिजयादशमीको घटस्थापनाका दिन गाउँपालिकाको भबनको पुजाआजा सम्पन्न गरिएको छ ।
दशैँ पछी नब निर्मित भबनमा सार्ने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत जैशीले बताए ।

Sayalb

 

गृह प्रबेशका लागी पुजाआजा गर्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द
बडीकेदार गाउँपालिकाको भबन

Shaileshwori
Loading...