प्रहरी हत्या प्रकरण : सत्य तथ्य छानबिन गर्न मूख्यमन्त्री भट्टको निर्देशन

गस्तीमा गएका बेला शनिबारदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्या प्रकरणमा सत्यतथ्य छानबिन गर्न सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन ।

Sayalb

मूख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका सुरक्षा निकाएका प्रमुख र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई घटनाको सत्य तथ्य अनुसन्धान गरेर दोशीलाई कारवाहीको दायरमा ल्याउनका लागी निर्देशन दिएको मूख्यमन्त्रीका प्रमुख स्वकिय सचिब शिबसिं ओलीले जानकारी दिएका छन ।
अस्थायी प्रहरी पोष्ट इन्चार्ज विक र प्रहरी जवान साउद शनिबार राति साढे आठ बजेतिर मोटरसाइकलमा सँगै गस्तीमा निस्केका थिए । त्यही राति दुवै जना बेपत्ता भएकोमा विकको शव आइतबार धनगढी–१०, वनकट्टिघाटस्थित नेपाल–भारत सीमानामा बग्ने मोहना नदीमा फेला परेको थियो ।

Shaileshwori
Loading...