राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गर्दै

Sayalb

२०७२ सालको विनाशकारी भुकम्पले भत्कीएको रानीपोखरीको आज उद्घाटन हुदैँ छ । पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएपछी उद्धाटन हुनलागेको हो । आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा उद्धाटन हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।
रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन् ।
प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुपमा बनाइएको छ । मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।
भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ । पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ । यसरी बत्ती बाल्दा मन्दिरको ऐतिहासिक स्वरुपमा असर नपुगोस् भनेर विशेष ध्यान दिइएको छ ।

Shaileshwori
Loading...