कैलालीका थप दुई कोरोना संक्रमितको मृत्यु

कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । होम आईसोलेसनमा बसीरहेका ति पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेति प्रादेशिक अस्पतालले जानकारी दिएको छ । ति पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै धनगढीकै एक व्यापारीको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६० वर्षीय स्थानिय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागी भारतको लखनउ लगीएको र उपचारका क्रममा सोमबार मृत्यु भएको मृतकको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
