रेग्मीको बसको ठक्करबाट मृत्यु भएपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ की कोषाध्यक्ष भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएपछि राजमार्ग अबरुद्ध पारिएको हो । मोटरसाइकललाई ठक्कर दिने बस व्यवसाय समितिका प्रतिनिधिहरू सम्पर्कमा नआएको भन्दै राजमार्ग बन्द गरिएको पीडितका आफन्तले बताएका छन् । बस समिति सम्पर्कमा आई वार्ता हुने वातावरण भए सडक खोल्ने उनीहरूको भनाई छ ।

bhukampa

विहिबार विहानदेखि सुखडस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्द भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालयमा अहिले छलफल समेत चलिरहेको जनाइएको छ । बुधबार साँझ बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकललाई सोही दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिदा लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया रेग्मीको मृत्यु भएको थियो ।

मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका रामबहादुर चौधरी घाईते भएका छन् ।

Shaileshwori
Loading...