असई र प्रहरी जवानको परिवारलाई २/२ लाख दिने प्रदेश सरकारको निर्णय

Sayalb

सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा उक्त निर्णय गरिएको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको नियमित गस्तीमा खटिएका बेला विभत्स हत्या गरिएको थियो । मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही समूहलाई रोक्न खोज्दा असइ बिक र प्रहरी जवान साउदको त्यही समुहद्धारा हत्या भएको थियो ।
दुबैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले भेटेर राहतको लागि आश्वासन दिएका थिए । मन्त्री वोहराकै पहलमा प्रदेश सरकारले दुबै परिवारलाई २/२ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

Shaileshwori
Loading...