सुदूरपश्चिममापिसिआर परीक्षण गराउनेको संख्या एक लाख नाँघ्यो
रामहरि ओझा/डोटी
बिश्वव्यापारी रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड–१९) को महामारीको संक्रमण पत्तालगाउनगरिने आरटि–पिसिआर परीक्षणको संख्या सुदूरपश्चिमप्रदेशमा एक लाख नाँघेको छ ।
सुदूरपश्चिमप्रदेश सामाजिकविकास मन्त्रालयकाअनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाव परीक्षण भएको छ । बुधवारसम्म एक लाखतीनहजार पाँच सय ४९ जनाको स्वाव संकलनगरिएकोमादुई हजार तीन सय ४३ जनाको नजिताआउनबाँकी छ ।
प्राप्तनतिजाअनुसार आठ हजार नौ सय ७३ जनामाकोरोनाको संक्रमण पुष्टि भएको छ भने ९२ हजार दुई सय ३३ जनाको नतिजा नेगेटिभ आएको छ । संक्रमितहरुमध्ये सातहजार चार सय ५३ जनानिको भएर घर गएकानिर्देशनालयको बिवरणमा उल्लेख छ ।
सुदूरपश्चिमप्रदेशमा ६ स्थानमाआरटि–पिसिआर परीक्षण गर्ने प्रयोगशाला रहेका छन् । सेतीप्रादेशिक अस्पतालको प्रयोगशालामा सवैभन्दा बढी ५४ हजार चार सय ८३ जनाको स्वाव परीक्षण भएको छ । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९ हजार दुई सय ५२, डोटी जिल्ला अस्पतालको प्रयोगशालामापाँचहजार सात सय ८९, बझाङ्ग अस्पतालको प्रयोगशालामादुई हजार पाँच सय १३, बैतडीजिल्ला अस्पतालको प्रयोगशालामा एक हजार चार सय १४ र अछाम कमलबजारमा रहेको प्रयोगशालामा एक हजार एक सय ८६ स्वाव परीक्षण भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्यप्रयोगशालामा १६ हजार तीन सय १८ र सुर्खेत प्रयोगशालामा ४८ जनाको स्वाव परीक्षण गरिएको समेत प्रदेश स्वास्थ्यनिर्देशनायले जानकारी दिएको छ ।
बुधवार मात्रै सुदूर–पश्चिममा एक सय ३२ जनामा संक्रमण देखिएको छ । निर्देशनालयकाअनुसार दार्चुलामा ५२ जनानयाँ संक्रमित देखिएका छन् । यस्तै कैलालीमा ४४ जना, बझाङ्गमा १७जना र डोटीमा ११ जनामाबुधवार कोरोना संक्रमण पुष्टि भएको छ । अछाममा तीनजना, कञ्चनपुरमादुई जना, बैतडी र डडेल्धुरामाएक÷एकजनामाकोरोना संक्रमण पुष्टि भएको छ । अन्यजिल्लाका एक जनामापनिबुधवार कोरोना संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिमप्रदेशमाबुधवारसम्म एक हजार पाँच सय एक जना सक्रिय संक्रमितहरु रहेका छन् । कैलालीमा सवैभन्दा बढी ६ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्यनिर्देशनालयको तथ्याङ्कले देखाएको छ । यस्तै दार्चुलामा एक सय ८२, डोटीमा एक सय ५७, बझाङ्गमा एक सय ५६ कञ्चनपुरमा एक सय २४ जना सक्रिय संक्रमित छन् । अछाममा ८३, बैतडीमा ४९ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेका छन् । अन्यजिल्लाका ६ जना सक्रिय संक्रमितहरु यस प्रदेशकाबिभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।