बैतडीका शक्तिपीठमा बलि चढाउन रोक

Sayalb

बैतडीका शक्तिपीठहरुमा बलि चढाउन रोक लगाइएको छ । त्यहाँ रहेका प्रसिद्ध मन्दिरहरुमा महाअष्टमी र महानवमीमा पशुबलि दिइन्छ । ती शक्तिपीठमा हुने जात्रा तथा मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् । यसरी शक्तिपीठमा हुने जात्रा तथा मेलामा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले कोरोनाको जोखिम हुने हुदा यस वर्ष शक्तिपीठहरुमा बलि चढाउन रोक लगाइएको हो ।
दशरथचन्द नगरपालिका–२ देहिमाडौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा नित्य पूजाबाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।
महाष्टमीको मेलालाई मध्यनजर गरेर आज र भोलि दुई दिन देहीमाडौं बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत भएको देहीमाण्डौं बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्रबहादुर बोहराले बताए ।

Shaileshwori
Loading...