डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेको र आफुमा कुनै पनि लक्षण नदेखिएको उनले जानकारी दिए । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो । यसअघि उक्त अस्पतालमा कार्यरत एक स्टाफ नर्स र प्रशासनका कर्मचारीलाई कोरोना देखिएको थियो ।