शुक्रबार ४४९९ जनामा कोरोना पुष्टि, २६६८ जना कोरोना मुक्त


शुक्रबार देशभर चार हजार चार सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १६ हजार ८ सय ६३ पिसिआर परीक्षण गर्दा चार हजार चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । नेपालमा हाल ४६ हजार ६ सय ९१ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै आज देशभर २ हजार ६ सय ६८ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख पाँच हजार ४ सय ८८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।
