सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १११ जनामा कोरोना पुष्टि
डोटी : शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको कोरोना जाँच गरीएकोमा एक सय ११ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ३९ महिला र ७२ जना पुरुष हुन् ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ९२ जना, कञ्चनपुर जिल्लाका १६ जना, डोटीका दुई जना र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मात्र ४५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै गोदावरी नगरपालिकाका २९ जना, कैलारी गाँउपालिकाका ६ जना, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाका ३/३ जना, गौरीगंगा नगरपालिका २ जना, ठेगाना नखुलेका एक जनामा कोरोना देखिएको छ ।
उता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाका ५ जना, भिमदक्त नगरपालिका, शुक्लफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका ३/३ जना, बेलडांडी गाँउपालिकाका एक जना र कञ्चनपुर जिल्लाकै पालिका नखुलेका एक जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै डोटीको के.आई.सिंह गाँउपालिका र शिखर नगरपालिकाका एक/एक जना र बैतडीको दशरथचन्द नगरपालिकाका एक जनामा पनि कोरोना देखीएको छ ।