Before Header
After Navigation

शनिबार २२२५ जनामा कोरोना पुष्टि, २८४६ जना कोरोना मुक्त

शनिबार देशभर दुई हजार दुई सय २५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ४६ पिसिआर परीक्षण गर्दा दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार दुई सय २३ पुगेको छ । नेपालमा हाल ४६ हजार ५७ जना सक्रिय संक्रमित छन् ।

Sagan sahari bhawan nirman aayojana

त्यस्तै आज देशभर दुई हजार ८ सय ४६ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख ८ हजार ३ सय ३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

Shaileshwori
Loading...