कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कोरोना भाइरसको महामारी फैलिएको कारणले यस वर्ष शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको हो । २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने नेपाली कांग्रेसको परम्परा रहेको थियो, तर यो वर्ष भने नहुने भएको छ ।

Sayalb

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोरोनाका कारण यो वर्ष नगरिने व्यहोरा जानकारी गराएका छन् ।

Shaileshwori
Loading...