हास्य कलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

Sayalb

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । गजुरेललाई सोमबार कोरोना पुष्टि भएको हो । यसबारेमा उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउका छन् । गत हप्तादेखी आफ्नो दाजुलाई अस्पताल लैजाने घर ल्याउने गर्दा बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने, ढाड दुख्ने समस्या देखिएपछि आइतबार पीसीआर परीक्षणका लागि गजुरेलले स्वाब दिएको र सोमबार साँझ रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमा उल्लेख गरेका छन् ।

“संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ उनले फेसबुकमा लेखेका छन्, आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजिटि देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रबिन्द्र समिरको सुझाव, सल्लाह र कोभिड उपचार गाईडलाईनमा छु ।”
बिहीबारदेखि नै सेल्फ आइसोलेशनमा बसिरहेको उनले बताए । उनका दाजुमा पनि कोरोना देखिएको छ ।

Shaileshwori
Loading...