खोटाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

चार जना घाइते

bhukampa

खोटाङको बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द प्रसाद साहले जानकारी दिए ।
उक्त दुर्घटनामा १८ वर्षीय छत्रबहादुर राई, ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् । घाइतेकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरी निरीक्षक साहले बताए ।

Shaileshwori
Loading...