पेशावरको मदरसामा शक्तिशाली विष्फोट, ७ बालबालिकाको मृत्यु, ७० घाइते

एजेन्सी/ पाकिस्तानको पेशावरस्थित एक धार्मिक स्कुल (मदरसा) मा भएको विष्फोटमा ७ जना बालबालिकाको मृत्यु भएको छ। घटनामा ७० भन्दा धेरै घाइते भएका छन् ।

Sayalb

घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । घाइते सबै बालबालिका रहेको पाकिस्तानी अधिकारीले जनाएका छन् । पाकिस्तानका प्रहरी प्रमुख डाक्टर सनाउल्लाह अब्बासीले घटना पुष्टि गर्दै त्यहाँ टाइम बम राखेको हुनसक्ने बताएका छन् । त्यसबारे अनसन्धान भइरहेको उनले बताएको पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजले जनाएको छ ।

समयमै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका कारण धेरैलाई अस्पताल पुर्‍याउन सकिएको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...