अछाममा हत्या गरिएको अवस्थामा युवकको शव फेला

Sayalb

अछाममा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा २० वर्षीय देवेन्द्र थापाको शव फेला परेको हो । मंगलबार बिहान उनको शव फेला परेको ढकारी गाउँपालिका ३ का अध्यक्ष महादेव बुढाले बताए । सोही ठाँउमा अर्का १६ वर्षीय रुद्र थापा घाईते भएका छन् । उनिहरुको शरिरमा धारीलो हतियारको चोटपटक रहेको बताएको छ ।
गम्भीर घाइते अवस्थामा भेटिएका रुद्र थापालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
यस्तै हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्र बहादुर बुढालाई पक्राउ गरेको छ । बुढालाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shaileshwori
Loading...