संविधानसभा पूर्वसदस्य मानपुर चौधरीको कोरोनाबाट मृत्यु

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।

Sayalb

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उहाँमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा उहाँको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित रहेका मृतक चौधरीको असोज ३ गते रिपोर्ट पोजेटिभ आएको थियो । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

Shaileshwori
Loading...