जहाज चार्टर्ड गरेर समाजसेवी जोशीलाई उपचारका लागि धनगढी लगियो

डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि जहाज चार्टर्ड गरेर कैलाली लगिएको छ । मंगलबार बिहान एक्कासी बिरामी भएका जोशीलाई एक घण्टा भित्रमा राम्रो अस्पतालमा नपुर्याए बिरामीको ज्यानमा खतरा हुनसक्ने जिल्ला अस्पतालमा रहेका चिकित्सकहरुले सल्लाह दिएपछि उहाँलाई समिट एअरलाइन्सको जहाजबाट एक लाख ५० हजार रुपैयाँमा चार्टर्ड गरेर उपचारका लागि धनगढीे लगीएको हो ।

Sayalb

समाजसेवी जोशीको अचानक नाक, मुखबाट रगत आउनुका साथै वान्ता समेत हुन थालेको र एक घण्टा भित्रमा राम्रो अस्पतालमा लैजानु पर्ने चिकित्सकहरुको सल्लाह अनुसार जहाज चार्टर्ड गरिएको उहाँको परिवारले जनाएको छ ।जिल्लामा समिट एअरलाइन्सले पछिल्लो समय जहाज सञ्चालन गरे पनि आज जहाज चल्ने दिन (बार) नपरेका कारण चार्टर गरिएको हो । जिल्लामा हवाइ उडान बन्द भएको लामो समयपछि पुनः जहाज सञ्चालनमा आएसँगै यहाँका नागरिकलाई बिरामी लैजान तथा यात्रा गर्नका लागि निकै सहज भएको छ ।

Shaileshwori
Loading...