कोरोना महामारीकाबीच बिहारमा मतदान शुरू
एजेन्सी/ कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ। २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो ।
पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ । जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय जनता दलबाट मुख्यमन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनमा नीतीश कुमार नेतृत्वको गठबन्धन एनडीएबाट जनता दलले ३५ सिट, भाजपा २९ र हम–एसले १ सिटका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै तेजस्वीको गठबन्धनमा राष्ट्रिय जनता दल ४२ सिट, कांग्रेस २१ तथा सीपीआईएमएल आठ सिटका लागि चुनावी प्रतिस्पर्धामा छन् । अन्य पार्टीहरु भने गठबन्धन बिना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।