कोरोनाबाट बच्न मन्दिरमा त्रिशुल


दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाँकरीमा कोरोनाबाट बच्नका लागी २ सय ५० केजीको त्रिशुल स्थानीय कालीका देबीको मन्दिरमा चडाएका छन । बिश्वभर कोरोनाको संक्रमण फैलिएका बेला धार्मिक आस्था रहेका उक्त गाउँका मान्छेहरुले मन्दिरमा त्रिशुल चडाएको बिरबहादुर बिष्टले बताए । डोटी जिल्लामा बिभिन्न मन्दिर तथा धार्मिक स्थलमा कोरोनाबाट बच्नका लागी बली भाकल गर्ने गरेका छन । गाउँमा दैबिक शक्ती रहेसम्म कोरोना गाउँ पस्न नसक्ने भन्दै उनिहरुले त्रिशुल चढाएका हुन ।
