नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सम्मको लागी स्थगित

Sayalb

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक  मंसिर १५ देखि १७ गतेसम्मका लागि सारिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालयले बैठक स्थगितको कारण कोरोना भाइरस संकट भनेको छ । ‘कात्तिक १५ देखि १७ सम्मलाई आयोजना गरिएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, विज्ञप्तिमा भनिएको छ, स्थगित बैठक यही मंसिर १५ देखि १७ गतेसम्मलाई आयोजना गरिएको छ ।’
भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशनको कार्ययोजना बनाउनका लागि केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

Shaileshwori
Loading...