१२ जनामा कोरोना पुष्टि


डोटी : बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४७ जनाको कोरोना जाँच गरीएकोमा १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ८ जना र कञ्चनपुर जिल्लाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
