टर्कीमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प,


टर्की र ग्रीसमा शुक्रबार साँझ शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तिव्रता ७ म्याग्निच्यूड भएको समाचारमा जनाइएको छ भने यसबाट टर्कीमा कम्तीमा ४ जनाको ज्यान गएको छ । यस्तै १२० जना घाइते भएका छन् ।
भूकम्पपछि भागदौड मच्चिएको थियो भने झट्कापछि समुन्द्रको सतह बढ्न पुगेको थियो । समाचारमा जनाइएअनुसार टर्कीको इजमिर शहरका विभिन्न स्थानमा समुन्द्रको पानी पसेको छ केही स्थानीयले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
टर्कीको विपद् व्यवस्थापन विभागका अनुसार काराकली जिल्लामा कम्तीमा १० भवन भत्किएका छन् । स्थानीय मिडियाको रिपोर्टअनुसार भत्किएका भवनमा मानिसहरु फसेका छन् भने सोही स्थान आसपासका कैयौं भवन चर्किएका छन ।
