बालबालिकालाई स्कुल पठाउनुअघि फ्लु र कोभिडबारे जानौं

जाडो मौसमसँगै फ्लुको पनि सिजन सुरु भएको छ । चिसो मौसममा भाइरसहरू सामान्य अवस्थामा भन्दा बढी समय जीवित रहन सक्ने हँुदा विभिन्न प्रकारका फ्लु संक्रमणको जोखिम यसवेला बढ्ने गर्छ
कोभिड महामारीबीच कतिपय ठाउँमा स्कुल–कलेजहरू खुल्न थालिसकेका छन् । महामारी र जाडो मौसमकै बीचमा बालबालिकाहरू पुनः विद्यालय जान र अभिभावकले पनि पठाउन सुरु गरेका छन् । यस्तो अवस्थामा अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि कोभिड र फ्लुबारे जान्न आवश्यक रहेको चिकित्सकको सुझाब छ ।
कोभिड र फ्लुका अधिकांश लक्षण समान भएकाले चिसो मौसममा छुट्याउन गाह्रो हुने चिकित्सकहरू बताउँछन् । अध्ययनकर्ताहरूले पनि फ्लु र कोभिडका लक्षण छुट्याउनेसम्बन्धी अध्ययन रिर्पोट जारी रहेको जनाएका छन् । द जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसन ९जामा० ले प्रकाशित गरेको एक अध्ययनअनुसार अस्पतालमा भर्ना भएका सामान्य, आइसियू र भेन्टिलेटरमा रहेका कोभिड र फ्लुका बिरामीमा कुनै पनि भिन्नता भेटिएका छैनन् । उक्त अध्ययनअनुसार फ्लुभन्दा कोभिडका बिरामीमा ज्वरो, टाउको दुखाइ, रुघाखोकी, मांसपेशीको दुखाइ, झाडापखाला, बान्ता, छाती दुखाइ बढी हुने गरेको छ ।
कोभिड महामारीबीच कतिपय ठाउँमा स्कुल–कलेजहरू खुल्न थालिसकेका छन् । महामारी र जाडो मौसमकै बीचमा बालबालिकाहरू पुनः विद्यालय जान र अभिभावकले पनि पठाउन सुरु गरेका छन् । यस्तो अवस्थामा अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि कोभिड र फ्लुबारे जान्न आवश्यक रहेको चिकित्सकको सुझाब छ ।

फ्लु र कोभिड
कोभिडसँगै फ्लुको जोखिम पनि बढ्ने भएकाले सिडिसीले कोभिड र फ्लु कसरी चिन्ने भन्नेबारे मार्गनिर्देशन जारी गरेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी०ले कोभिडसँगै फ्लुको जोखिम बढे पनि कोभिड निश्चित जनसंख्या र उमेर समूहमा बढी संक्रामक रहेको जनाएको छ । आफ्नो वेबसाइटमा प्रकाशित जानकारीअनुसार कोभिड फ्लुभन्दा छिटो फैलिने र सजिलै धेरै मानिसमा फैलिन सक्छ । समय बित्दै जाँदा मानिसमा निरन्तर फैलिन सक्छ । बालरोग विशेषज्ञहरू अझैसम्म बालबालिकामा कोभिड र फ्लु छुट्याउने कुनै आधार नभएकोमा चिन्तित छन् । उमेरको हिसाबले पनि अन्य उमेरको तुलनामा रोग प्रतिरोधी क्षमता बालबालिकामा कम हुने र फलस्वरूप संक्रमणबाट बढी प्रभावित हुने हँुदा जाडोमा बालबालिका कोभिड र अन्य फ्लुबाट बढी प्रभावित हुन सक्छन् ।
बायलक कलेज अफ मेडिसिनका बालरोग विशेषज्ञ प्राध्यापक डा। फ्लोर एम मुनोज रिवासका अनुसार बालबालिकालाई विद्यालय नपठाउँदा, भौतिक दूरी कायम राख्दा अर्थात् घरमै सीमित राख्दा कोभिडले पार्ने असरबारे यकिन जानकारी लिन सजिलो छैन । साथै चिसो मौसममा कोभिडसँगै एन्फ्लुएन्जाजस्ता संक्रमण देखिए झन् बढ्नेछ ।
कोभिडमा ज्वरो र रुघाखोकी बढी
अमेरिकामा हालै सम्पन्न एक अध्ययनका क्रममा २५ मार्चदेखि १५ मेसम्म कोभिडको उपचार गराएका तीन सय १५ बिरामी र फ्लुको उपचार गराइरहेका १४ सय दुईजना बालबालिकाबीच स्वास्थ्य अवस्थाको तुलना गरेको छ । अध्ययनमा लक्षण नदेखिएका कोभिड संक्रमित बालबालिकालाई समावेश गरिएको थिएन । कोभिड संक्रमितमध्ये १७।१ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने, ५।७ प्रतिशतलाई आइसियूमा राख्नुपर्ने, ३।२ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपरेको थियो ।
यस्तै, अन्य फ्लुपीडित बालबालिकामध्ये २१।२ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने, ७ प्रतिशतलाई आइसियू र १।९ प्रतिशतलाई भेन्टिलेटर आवश्यक परेको थियो । अध्ययनमा समावेश कोभिड संक्रमितको औसत उमेर ९।७ र फ्लु संक्रमितको औसत उमेर ४।२ वर्ष थियो । अध्ययनअनुसार अधिकांश बालबालिकामा ज्वरो र खोकीको समस्या मुख्य थियो भने कोभिड संक्रमितमा झाडापखाला, बान्ता, टाउको दुखाइ, शरीर दुखाइ र छाती दुखाइको समस्या मुख्य रूपमा थिए ।
