गाउँपालिकाको टोली कृषि अनुगमनमा

शिवजी मण्डेल

Sayalb

बझाङ : छबिस पाथिभेरा गाउँपालिकाको टोलीले वडाका कृषी बाली र कृषि समुहको मनुगमन गरेको छ ।
शनिबार जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको टोलीले गाउँपालिकाको वडा नं ६ र ७ मा कृषि अनुगमन गरेको हो।

गाउँपालिकाको वडा नं ६ पनेरीखेतका कृषकलाइ २ टडेँल, वडा नं ७ को मजखोरीका २ टडेँल र खोरीमा २ टडेल गरि जम्मा ६ टडेलमा लगाएको टमाटर काउली फर्सी काक्रा करेला गाजर लगायतका कृषिबालिको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा वडा नं ७ खोरीको खोलापारि कृषक समुहलाई ६ कुन्टल ५० के.जी आलुको बिउँ २२ जना कृषकलाइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले बताउनु भएको छ ।
अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधिका कुमारी रताला जोशी, कृषि संयोजक दिपक सुनार, कृषि प्राबिधिक धनशेर बुढा, प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशी, सहितको टोलिले कृषि अनुगमन गरेको हो ।

Shaileshwori
Loading...