कैलालीमा जीप दुर्घटना हुदाँ १५ जना घाईते

एक जनाको अवस्था गम्भिर

Sagan sahari bhawan nirman aayojana

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ४ को बाजपानीमा जिप दुर्घटनामा परेको छ । जिप दुर्घटनामा परि १५ जना घाइते भएका छन् । आइतबार दिउँसोे बाजपानीको डोकेबजार बाट कोलडीतर्फ जार्दै गरेको सुपप्र ०१००१ च २६२३ नम्बरका जिप दुर्घटना हुदाँ १५ जना घाईते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मोहन्याल गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय कविराज भण्डारीको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमल बताए ।
घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर दुर्घटना भएको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

Shaileshwori
Loading...