फिलिपिन्समा शक्तिशाली आँधीका कारण कम्तीमा चार जनाको मृत्यु

Sagan sahari bhawan nirman aayojana

फिलिपिन्समा आइतबार आएको शक्तिशाली आँधीका कारण कम्तीमा पनि चार जनाको मृत्यु भएको छ।

यस वर्षकै सबैभन्दा शक्तिशाली मानिएको ‘गोनी’ नामक आँधीका कारण लाखौं मानिस विस्थापित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्यधिक वर्षा भएको छ । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ४स्५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो । आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् । उक्त आँधी सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । सन् २०१३ मा हइयान आँधीका कारण कम्तीमा ६ हजार जनाको ज्यान गएको थियो ।बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त सहरमा ७० हजारले बसोबास गर्दै आएका छन् ।

आँधीको प्रभाव कम हुन एक साता लाग्ने अनुमान गरिएको छ। यो साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट आँधी बाहिरिने त्यहाँका मौसमविद्ले बताएका छन्।् । नागरिक प्रतिरक्षा प्रमुख रिकार्डो जलादले आँधी आउने अनुमानसँगै ३ लाख ४७ हजार जनालाई सुरक्षित स्थानमा सारिएको दाबी गरे । यद्यपि, कोभिड–१९ को महामारीका कारण सुरक्षित स्थानमा सारिएका मानिसहरू थप अप्ठ्यारोमा परेको जनाइएको छ ।

Shaileshwori
Loading...