ब्रेन ट्यूमर बाट ग्रसित भाइबहिनीको उपचारको लागि सहयोगको अपिल


टेक विवश साउद/डोटी
डोटी जिल्लाको बडीकेदार गाउँपालीका घर भएका २३ वर्षीया निर्मला मन्नी र २० बर्षिय डबल मन्नी ब्रेन ट्यूमर बाट ग्रसित भाइबहिनीहरुको उपचारको लागि सहयोगको अपिल गरिएको छ ।
गरिब परिवारमा जन्मेका उनिहरुको उपचार गराउँदा गराउँदै भएको जग्गा जमिन सवै बिक्री गरेर पनि उपचारको लागि रकम अपुग भएकाकोले सहयोगका लागि अपिल गरेको बिरामीका आमा कल्पना मन्नीले बताउनु भयो । निज बिरामीका बुवाको उपचारको क्रममा एक महिना अघि निधन भएको थियो ।
बिरामीको आमाले दुःखेसो पोख्दै भनिन् “श्रीमानलाई बचाउन सकिएन आर्थिक अभावका कारण छोरा छोरीलाई उपचार गराउन निकै समस्या भइरहेकोले सहयोगको लागि देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसंग सहयोग मागेकी हु ।”
डोटेली एकता समाज दक्षिण कोरिया मार्फत पनी दिपक बहादुर बोहराको नृतृत्वमा कोरियामा सहयोग अभियान चालिरहेको डोटी जिल्ला घर भइ हाल दक्षिण कोरिया बस्दै आएका कृष्ण भण्डारीले जानकारी दिए ।
उनिहरुलाई सहयोग गर्न चाहने व्यक्तिहरुले दिपक बहादुर बोहराको वारि बैंकको खाना नम्बर ०२०१००२१५७६६९१६३ मा रकम जम्मा गर्न सक्ने छन् । अहिले निज विरामीको उपचारको लागि बिभिन्न ठाउबाट सहयोगी मनहरुले सहयोग गरिरहेका छन् ।
