आउन थाल्यो अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न भएसँगै मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ।
कोरोना महामारीका बीच मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो प्रारम्भिक नतिजाहरुमा रिपब्लिकन उम्मेदवार बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ। धेरैजसो क्षेत्रमा भने बाइडेन अगाडी देखिएका छन्।
इलेक्टोरल कलेजमार्फत् त्यहाँ एक सय सिनेटर्स र ४ सय ३५ प्रतिनिधिसभा सदस्यसहित ५ सय ३५ सांसद निर्वाचित हुनेछन्। मतदान सम्पन्न भएलगत्तै अमेरिकामा मतगणना सुरु भएको हो।
५ राज्यमध्ये २ वटा राज्यको नतिजा आउँदा बाइडेनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिःपर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन् । यसैगरी बाइडेनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन् , अमेरिकी राष्ट्रपति चुनिनका लागि २७) इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ । मंगलबार राति अबेरसम्म भोट खसालिएकाले च’नावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ । अमेरिकी राष्ट्रपतीय चुनावको विश्वको ध्यान तानेको छ .
अहिले मतगणना जारी रहेका केन्टकी, टेनेसी, वेष्ट भर्जिनिया, आरकन्सो तथा ओक्लाहोमामा ट्रम्प अगाडि देखिएका छन्। डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यू जर्सी, न्यूयोर्क तथा डिस्ट्रिक अफ कोलम्बियामा अगाडि बाइडेनको अग्रता छ। प्रारम्भिक गणनामा बाइडेन ८० भन्दा बढी र ट्रम्प ५० भन्दा बढी सिटमा अगाडि देखिएका हुन्।
त्यहाँ हिजो नोभेम्बर ३ मा झण्डै ६ करोड र त्यसअगावै १० करोड मतदाताले मतदान गरेको बताइएको छ। हिजो कतिपय निर्वाचन क्षेत्रका मतदाताले हुलाकमार्फत् मत हालेका छन्। त्यस्ता निर्वाचन क्षेत्रको मत संकलनका लागि केही समय लाग्ने ठानिएको छ ।
यजेन्सी