सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६० जनामा कोरोना पुष्टि


डोटी : बुधबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तिन सय ३८ पिसिआरको जाँच गरीएकोमा ६० जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ५२ जना पुरुष र ८ जना महिला हुन् ।
आज कोरोना पुष्टि हुने कैलालीका ४५ जना, कञ्चनपुर जिल्लाका १४ जना र बाजुराका एक जना रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जना, बर्दगोरीया गाँउपालिकाका ९ जना, भजनी नगारपालिका र लम्कीचुहा नगरपालिकाका तिन/तिन जना, गोदावरी नगरपालिकाका दुई जनामा कोराना पुष्टि भएको छ । उता कञ्चनपुर जिल्लाकोे वेदकोट नगरपालिकाका ७ जना, भिमदत्त नगरपालिका ६ जना, कञ्चनपुरकै पालिकाका नखुलेका एक जना र बाजुरा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
