कोरोना संक्रमणका कारण थप ३० संक्रमितको मृत्यु
कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा पछिल्लो २४ घण्टामा थप ३० संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
यो मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ। बुधबार देशभर पछिल्लो २४ घन्टायता ३ हजार ३ सय ९ जना कोरोना (कोभिड(१९) संक्रमित थपिएका छन्।