सम्झौता अवधि सकिन २ महिना बाँकी, ७० प्रतिशत मात्रै काम सम्पन्न

धनगढी : निर्माणाधिन मोहना पुल अत्तरिया ६ लेन सडकको ठेक्का सम्झौता अवधि सकिन अब २ महिना मात्रै बाँकी हुदा सम्म पनि पुल बन्न सकेको छैन् ।सडक क्षेत्रमा पर्ने ३ पुल निर्माणको अझै ठेक्का सम्झौता भएको छैन् । मंगलवार २ वटा पुलको ठेक्का प्रक्रिया अगाडी बढेको भएपनि एउटा पुलको ठेक्का अझै सम्म आह्वान समेत भएकोे छैन् ।

सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपनि पुल निर्माण नहुँदा आवत–जावतमा समस्या भएको यात्रु तेजराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सडकमा सहजै आवत–जावत गर्न सकेपनि पुल निर थप ५÷७ मिनेट बढी लाग्ने गरेको छ । समयमै पुल निर्माण भए आवत–जावतमा सहज हुने थियो ।

Sayalb

सडकको भौतीक प्रगति ७० प्रतिशत सम्पन्न भइसकेको छ । तर अझै सम्म सडकमा पर्ने ३ वटा पुलको ठेक्का सम्झौता भएको छैन । आयोजना कार्यालयले भने २ वटा पुल को ठेक्का प्रक्रिया अगाडी बढेको भएपनि एउटा पुलको डिजाइन विभागमा पठाउने तयारीमा रहेको जनाएको छ ।

सडक विभागबाट समयमै डिपिआर स्वीकिर्त नहुदा पुल निर्माण कार्यमा ढिलाई भएको मोहना छ लेन सडक आयोजनाका इन्जिनियर लक्ष्मण दहालले बताउनुभयो । २ वटा पुलको ठेक्का सम्झौता भएर ३ महिना भित्रै निर्माण कार्य अगाडी बढने उहाँले बताउनुभयो ।

Shaileshwori
Loading...