जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बिहिबार ६ जनामा कोरोना देखियो
बिहिबार जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ नमुनाहरुको परिक्षण गरिएकोमा नयाँ ३ जना र फलोअफ ३ जना गरि ६ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले बताए । कोरोना पुष्टि हुने ४ पुरुष र एक महिला हुन् ।